काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनका अध्यक्ष प्रत्यासी प्रकाश पौडेलले ‘अखिल २.०’ अभियान सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अभियानसहित घोषणा पत्र सार्वजनिक गरेका हुन्। ‘अखिल २.०’ अभियान विद्यार्थी आन्दोलनको वैचारिक नविकरण र नयाँ पुस्तालाई संगठित गर्ने उद्देश्यसहित ल्याइएको हो। घोषणापत्रमा…