२०८३, ३१ भाद्र बिहीबार

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’

देउवाको दाबी : ‘चुनाव कहिल्यै हारेको छैन, प्रधानमन्त्री जनताले बनाएका हुन्’


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै निर्वाचन नहारेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित स्वर्गीय प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पदमा पुग्नु आफ्नै मात्र प्रयास नभई जनताको समर्थन र राजनीतिक सहयोगको परिणाम भएको बताएका छन् ।

“कति प्रधानमन्त्री भइरहेको भन्छन्, जनताले भोट हाल्छन् मैले के गर्ने?” देउवाले व्यंग्यात्मक शैलीमा भने, “पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो। त्यसकारण म एउटा सौभाग्यशाली व्यक्ति पनि हुँ ।” उनीमाथि बारम्बार प्रधानमन्त्री बन्ने आलोचना हुँदै आएको सन्दर्भमा देउवाले आफू जनताबाट निरन्तर समर्थन पाइरहेको तर्क गरे। उनले जनतालाई देशका मालिक भनेका छन् र नेताहरू जनताको सेवा गर्नुपर्नेमा जोड दिएका छन् । उनको भनाइ अनुसार, राजनीति कुनै व्यक्तिको आकांक्षाले मात्र चल्ने होइन, जनताको मत र लोकतान्त्रिक प्रक्रियाले नेताहरूलाई जिम्मेवारी दिन्छ । “यहाँ धेरै साथीहरूले मेरै कुरा उठाउनुभयो। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने?” देउवाले हँसिलो मुद्रामा भने।

स्व. प्रदीप गिरीको योगदानको स्मरण गर्दै देउवाले गिरीजस्तो विचारशील नेताको अभाव नेपाली राजनीतिमा सदैव खट्किने उल्लेख गरे।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ६ : ५३ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक