२०८३, १२ असार शनिबार

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ


काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश जारी गरेपछि त्यसको राजनीतिक असर चुलिँदै गएको छ। यसै सन्दर्भमा संघीय लोकतान्त्रिक मोर्चाले आज आकस्मिक बैठक बोलाएको छ ।

जनता प्रगतिशील पार्टी नेपालको थापागाउँस्थित केन्द्रीय कार्यालयमा आज बेलुका ५ बजे बस्ने बैठकमा गौर हत्याकाण्ड, रुपन्देही ३ को उपनिर्वाचन, र अन्य समसामयिक विषयमा गहन छलफल हुने मोर्चाका नेता केशव झाले जानकारी दिएका छन्।

२०६४ सालको चर्चित गौर हत्याकाण्डमा अदालतले पुनः छानबिन गर्न अनुमति दिएपछि मधेश केन्द्रित दलहरूमा व्यापक तरंग उत्पन्न भएको छ। यस घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मुख्य योजनाकारको रूपमा लिइँदै आएको छ, जसले मोर्चाभित्रको आन्तरिक राजनीति झनै संवेदनशील बनाएको छ ।

यसैबीच, रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचन मोर्चाका लागि अर्को चुनौती बनेको छ। प्रारम्भमा मोर्चाले नवगठित नयाँ विकल्प पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि आन्तरिक विवादका कारण नाउपा नै निर्वाचनमा भाग लिन अयोग्य बनिसकेको छ। यस्तो अवस्थामा मोर्चाले रेशम चौधरीद्वारा समर्थन प्राप्त स्वतन्त्र उम्मेदवारलाई सघाउने कि भन्ने विषयमा समेत आजको बैठकमा निर्णय लिने तयारी भएको छ ।

यता, प्रतिनिधिसभाको उपसभामुख हटाउने विषयमा कांग्रेस र एमाले सक्रिय देखिएका छन्। संसदमा दुई तिहाइ बहुमत पु¥याउन संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूको समर्थन निर्णायक हुने भएकोले उक्त विषय पनि आजको बैठकको कार्यसूचीमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ११ : ५५ बजे

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल