२०८३, ८ भाद्र मंगलबार

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।…