२०८३, ९ कार्तिक सोमबार

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए


काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेका केही शब्द हटाइएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुवै सांसदले यसअघिका बैठकमा प्रयोग गरेका अमर्यादित तथा अनावश्यक शब्द अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालका अनुसार भदौ १ गतेको बैठकमा सांसद राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द संसद्को रेकर्डबाट हटाइने भएको छ। त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।

सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न सांसदहरूले बहसका क्रममा प्रयोग गर्ने शब्दप्रति सचेत हुनुपर्ने बताए।

सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रका शासकीय अभ्यासलाई नेपालको शासन प्रणालीसँग जोडेर गलत अर्थ लाग्ने गरी प्रस्तुत नगर्न पनि सांसदहरूको ध्यानाकर्षण गराए।

उनले प्रतिनिधिसभामा हुने बहस राजनीतिक असहमति व्यक्त गर्ने थलो भए पनि त्यस क्रममा प्रयोग हुने भाषा र अभिव्यक्तिले संसद्को गरिमा कायम राख्नुपर्नेमा जोड दिए। संसद्को अभिलेखबाट शब्द हटाउने निर्णयसँगै आगामी बैठकमा सांसदहरूले प्रयोग गर्ने भाषा र अभिव्यक्तिलाई लिएर सभामुखको भूमिकामाथि पनि चासो बढेको छ।

प्रकाशित मिति : २०८३, ७ भाद्र सोमबार  ६ : ०७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि