२०८३, २८ भाद्र सोमबार

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए


काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेका केही शब्द हटाइएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुवै सांसदले यसअघिका बैठकमा प्रयोग गरेका अमर्यादित तथा अनावश्यक शब्द अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

सभामुख अर्यालका अनुसार भदौ १ गतेको बैठकमा सांसद राना मगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द संसद्को रेकर्डबाट हटाइने भएको छ। त्यस्तै, भदौ ३ गतेको बैठकमा एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द पनि अभिलेखबाट हटाउन निर्देशन दिइएको छ।

सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न सांसदहरूले बहसका क्रममा प्रयोग गर्ने शब्दप्रति सचेत हुनुपर्ने बताए।

सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रका शासकीय अभ्यासलाई नेपालको शासन प्रणालीसँग जोडेर गलत अर्थ लाग्ने गरी प्रस्तुत नगर्न पनि सांसदहरूको ध्यानाकर्षण गराए।

उनले प्रतिनिधिसभामा हुने बहस राजनीतिक असहमति व्यक्त गर्ने थलो भए पनि त्यस क्रममा प्रयोग हुने भाषा र अभिव्यक्तिले संसद्को गरिमा कायम राख्नुपर्नेमा जोड दिए। संसद्को अभिलेखबाट शब्द हटाउने निर्णयसँगै आगामी बैठकमा सांसदहरूले प्रयोग गर्ने भाषा र अभिव्यक्तिलाई लिएर सभामुखको भूमिकामाथि पनि चासो बढेको छ।

प्रकाशित मिति : २०८३, ७ भाद्र सोमबार  ६ : ०७ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल