२०८३, ९ कार्तिक सोमबार

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग


काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न सरकारसँग उमेरअनुसारको सीमा निर्धारण गर्न माग गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले बालबालिकाको व्यवहारदेखि पारिवारिक सम्बन्धसम्म प्रभावित भइरहेको बताएकी हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा नयाँ खालका विकृति देखिन थालेको दाबी गरिन्। उनले एउटै घरमा परिवारका सदस्यहरूबीच प्रत्यक्ष संवादभन्दा सामाजिक सञ्जालमा आउने सामग्रीले बढी ठाउँ लिन थालेको बताइन्।

‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ,’ उनले भनिन्। अर्यालले सामाजिक सञ्जालमा सार्वजनिक हुने पारिवारिक झगडा तथा संवेदनशील घटनालाई समेत मानिसहरूले मनोरञ्जनका रूपमा लिन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। यस्तो प्रवृत्तिले परिवारभित्रको सम्बन्ध कमजोर बनाउँदै समाजलाई नै अस्वस्थ दिशातर्फ धकेलिरहेको उनको भनाइ छ।

अर्यालले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको सिर्जनशीलता र सक्रियता घटिरहेको बताइन्। उनका अनुसार बालबालिका बाहिरी गतिविधि, अध्ययन तथा सिर्जनात्मक कामभन्दा मोबाइल र सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्।

‘आज बालबच्चाको मौलिकता हराएको छ। काम गर्ने जाँगर मरेको छ। कोठाभित्र बस्ने बानी परेको छ। साँच्चै भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको छ,’ उनले भनिन्।

अर्यालले अस्ट्रेलियाले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेरसम्बन्धी सीमा तोकेको उदाहरण दिँदै नेपालले पनि यस्तै नीतिगत व्यवस्था गर्नुपर्ने बताइन्। विश्वका अन्य मुलुकहरूले समेत बालबालिकाको डिजिटल पहुँचलाई व्यवस्थित गर्न उमेर र सामग्रीका आधारमा विभिन्न मापदण्ड लागू गरिरहेको उल्लेख गर्दै उनले नेपालले ढिलाइ गर्न नहुने बताइन्।

‘अरू कयौँ मुलुकहरूले पनि छुट्टै खालको मापदण्ड बनाएर अगाडि बढिरहेका छन्, सीमा तोकेका छन्। अब हामीलाई पनि ढिला भएको छ,’ अर्यालले भनिन्।

उनले सरकारले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगको उमेर सीमा, सामग्रीको वर्गीकरण र प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड तत्काल तय गर्नुपर्ने माग गरिन्।

बालबालिकालाई डिजिटल संसारबाट पूर्ण रूपमा अलग गर्नेभन्दा सुरक्षित र जिम्मेवार प्रयोगको वातावरण बनाउन राज्यले नीतिगत हस्तक्षेप गर्नुपर्ने उनको जोड छ।

प्रकाशित मिति : २०८३, ७ भाद्र सोमबार  ५ : ५२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि