२०८३, ११ कार्तिक बुधबार

मिटरब्याज पीडितले बनाए वार्ता टोली, सरकारसँग संवादका लागि पाँच सदस्यीय समिति

जनकपुरधाम । मिटरब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, नेपालले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। आन्दोलनकारीहरूले आफ्ना मागलाई वार्तामार्फत टुंगोमा पुर्‍याउने उद्देश्यले समिति गठन गरेका हुन्। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वालाई वार्ता समितिको संयोजक तोकिएको छ। समितिमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर तथा केन्द्रीय हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे र…