२०८३, ११ भाद्र शुक्रबार

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ अवरोध तालको अवस्थाबारे विशेष निगरानी राख्न निर्देशन दिएका छन्।

शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको आकस्मिक बैठकमा सीले नयाँ बनेको ताल र आसपासका पहाडको स्थिरतामा नजिकबाट निगरानी गर्न निर्देशन दिएका हुन्।

उनले थप बाढी, पहिरो वा अन्य विपद् आउन नदिन आवश्यक सबै उपाय अपनाउन अधिकारीहरूलाई आग्रह गरेका छन्।

ठूलो बाढीपछि बनेको उक्त तालमा पानी भरिएर बाहिर बग्न थालेपछि आसपासका क्षेत्रमा थप जोखिम बढेको छ। यसले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा समेत समस्या सिर्जना गरेको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सीले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा सहभागी सबैलाई एक मिनेट मौनधारण गर्न समेत आग्रह गरेका थिए।

उच्च हिमाली क्षेत्र, भिरालो भूभाग, हिमनदी र हिमतालका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

चीनले सार्वजनिक गरेको विवरणअनुसार तिब्बततर्फ तीन जनाको मृत्यु भएको र ५५८ जना अझै बेपत्ता छन्। नेपालतर्फ पनि ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  २ : १७ बजे

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

‘आफ्नै स्याटेलाइट भएको भए रसुवामा धेरैको ज्यान जोगिन सक्थ्यो’ : भूगर्भशास्त्री आचार्य

काठमाडौँ । रसुवाको लेन्दे खोला र भोटेकोशी नदी क्षेत्रमा आएको

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ