काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई आलोचना र प्रश्नभन्दा माथि राख्न खोजेको आरोप लगाएका छन्। उनले बहुमतको आडमा संविधान र कानुनलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै सरकारमाथि तीखा प्रश्न उठाए। प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले १८२ सिटको बहुमतले संविधान मिच्ने अधिकार नदिने स्पष्ट पार्दै भने, ‘बहुमतले संविधान उल्लङ्घन गर्ने…