२०८३, २१ भाद्र सोमबार

भोटेकोशी विपत्तिको कारण खोज्नुपर्नेमा सांसद थापाको जोड

भोटेकोशी विपत्तिको कारण खोज्नुपर्नेमा सांसद थापाको जोड


काठमाडौं । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भदौ १० गतेको भोटेकोशी क्षेत्रको विनाशकारी बाढीपहिरोलाई केवल प्राकृतिक विपत्तिका रूपमा मात्र नहेरी त्यसका पछाडि रहेका सम्भावित मानवीय कारणसमेत पहिचान गर्नुपर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले विपत्तिले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै घटनाको वस्तुगत अध्ययन र वैज्ञानिक विश्लेषण आवश्यक रहेको बताए।

उनले भदौ १० गतेको घटना प्राकृतिक रूपमा उत्पन्न भएको विनाश हो वा मानवीय गतिविधिका कारण थप गम्भीर बनेको दुर्घटना हो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताए। उनका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न सके मात्रै आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ।

थापाले पछिल्ला विपद्का घटनालाई जलवायु परिवर्तनसँग समेत जोडेर हेर्नुपर्ने धारणा राखे। विश्वव्यापी तापक्रम वृद्धि, हिमाली क्षेत्रमा हिउँ पग्लिने क्रम र वातावरणीय असन्तुलनले नेपालजस्ता हिमाली मुलुकमा बाढीपहिरोको जोखिम बढाउन सक्ने उनले बताए।

औद्योगिक तथा यातायात क्षेत्रमा पेट्रोलियम पदार्थ, कोइला र ग्यासको अत्यधिक प्रयोगबाट हरितगृह ग्यास उत्सर्जन बढिरहेको उल्लेख गर्दै उनले यसको प्रभाव विश्वभर देखिन थालेको बताए।

त्यस्तै, वन विनाशले वातावरणीय असन्तुलन बढाउने भएकाले वन संरक्षण र जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

थापाले भदौ १० को विपत्तिबाट पाठ सिकेर भविष्यमा जोखिम पहिचान, पूर्वतयारी र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विपत्तिपछि राहत र उद्धारसँगै त्यसको कारण र जोखिमका पक्षमा समेत गम्भीर अध्ययन हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ४ : ०१ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको