२०८३, ९ कार्तिक सोमबार

प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ

प्रधानमन्त्री बालेन शाहद्वारा प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे ब्रिफिङ


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जानकारी गराएका हुन्।

उनले बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सरकारले तत्कालै विभिन्न संयन्त्र परिचालन गरेको जानकारी दिँदै प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा अवरुद्ध सडक र सञ्चार सेवा सञ्चालनका लागि भइरहेको प्रयासबारे संसद्लाई अवगत गराएका छन्।

प्रधानमन्त्री शाहले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताए।

प्रकाशित मिति : २०८३, १६ भाद्र बुधबार  ३ : ५४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि