काठमाडौं, । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकको कार्यसूचीमा महत्वपूर्ण विधेयक र प्रतिवेदनहरूमाथि छलफल हुने कार्यक्रम रहेको छ । बैठकको प्रारम्भमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ का सन्दर्भमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ । त्यसपछि…