२०८३, ८ भाद्र मंगलबार

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल

गैरदलिय सरकारका मन्त्रीलाई तत्काल हटाउनु पर्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको नैतिकता माथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको ‘गैरदलिय सरकार’ का एक मन्त्रीले नयाँ पार्टी दर्ता गरी आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने घोषणा गरेका घटनामा गम्भीर असहमतिका साथ टिप्पणी गरेका छन्।

पोखरेलले भने, “गैरदलिय सरकार बनाउने भनिएको थियो, तर मन्त्रीले आफ्नो पार्टी दर्ता गरेर चुनावमा जान्छु भन्ने घोषणा गर्नु राजनीतिक दृष्टिले अत्यन्तै निन्दनीय हो। यस्तो व्यक्तिलाई मन्त्री पदमा राख्नु प्रधानमन्त्रीकै प्रतिबद्धतासँग मेल खाँदैन।”

उनका अनुसार, यदि कुनै मन्त्रीले आफ्नो पार्टी खोलेर चुनावी मैदानमा उत्रने तयारी गरेका छन् भने, त्यस्ता व्यक्तिहरूको मन्त्री पदमा रहनु नैतिक र राजनीतिक दृष्टिले अयोग्य हुनेछ। पोखरेलले प्रधानमन्त्री कार्कीलाई अविलम्ब निर्णय लिने आग्रह गर्दै भने, “गैरदलिय सरकारमा मन्त्रीको हैसियतमा बसिरहनु भनेको सरकारको नैतिकता र विश्वसनीयता माथि घात गर्नु हो।”

पोखरेलले सरकारको ढिलासुस्ती र अस्पष्टतासँगै, गैरदलिय दाबी र व्यवहारका कारण आगामी निर्वाचन प्रक्रियामा असर पर्ने र चुनावको निष्पक्षता र पारदर्शिता माथि प्रश्न उठ्न सक्ने चेतावनी दिएका छन्। समग्र राजनीतिक वातावरणलाई स्थिर बनाउन सरकारले स्पष्ट र प्रतिबद्ध निर्णय लिनुपर्ने उनले जोड दिएका छन्।

प्रकाशित मिति : २०८२, २८ कार्तिक शुक्रबार  ७ : ३१ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र