२०८३, ११ असार शुक्रबार

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र


कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू तैनाथ गरेपछि भेनेजुएलाले पनि व्यापक सैन्य परिचालन सुरू गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूपदार्थ तस्करी नियन्त्रणको नाममा क्यारेबियन क्षेत्रमा हवाई हमला र समुद्री कारबाही अघि बढाएपछि भेनेजुएलाले यसलाई ‘साम्राज्यवादी खतरा’ भन्दै शक्ति प्रदर्शन गरेको हो। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाद्रिनो लोपेजका अनुसार भूमिगत, हवाई, नौसैनिक तथा आरक्षित फौजहरू सहभागी हुने संयुक्त अभ्यास बुधबारसम्म चल्नेछ। उनले यो अभ्यासलाई “अमेरिकी साम्राज्यवादी चुनौतीको जबाफ” भन्दै राष्ट्रपति निकोलास मादुरोको निर्देशनमा गरिएको बताएका छन्।

यस सैन्य अभ्यासमा नियमित फौजसँगै बोलीभेरियन मिलिसिया समेत सहभागी छ, जसको स्थापना पूर्वराष्ट्रपति ह्युगो चाभेजले नागरिक स्वयंसेवकहरूबाट गरेका थिए। लोपेजका अनुसार अभ्यासको उद्देश्य देशको कमाण्ड, नियन्त्रण र सञ्चार प्रणाली सुदृढ गर्दै राष्ट्रिय सुरक्षालाई बलियो बनाउने हो। यो कार्यक्रम मादुरोको “इन्डिपेन्डेन्स प्लान २००” अन्तर्गत सञ्चालन भइरहेको छ, जसमा सेना, प्रहरी र नागरिक मिलिसियालाई एकीकृत रूपमा परिचालन गरिएको छ।

अमेरिकाले भने उक्त क्षेत्रका लागूपदार्थ तस्करहरूविरुद्ध सैन्य कारबाही गरिरहेको दाबी गरेको छ। गत महिनामात्रै यूरोपमा रहेका विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर. फोर्ड’ लाई क्यारेबियन पठाउने आदेश दिइएको थियो। यससँगै दुईवटा गाइडेड मिसाइल डेस्ट्रोयर, एक कमाण्ड जहाज र नौ वायु स्क्वाड्रनसमेत तैनाथ छन्। अहिले दक्षिणी कमाण्ड क्षेत्रअन्तर्गत करिब १५ हजार अमेरिकी सैनिक र नौसैनिक परिचालित रहेको अनुमान छ। तीमध्ये केही ‘इवो जिमा’ एम्फिबियस ग्रुप, मरीन युनिट, आक्रमण पनडुब्बी र मिसाइल क्रूजरसहित कार्यरत छन्।

त्यसैगरी अमेरिकाले प्युर्टो रिकोमा १० वटा एफ–३५ लडाकु विमान र तीनवटा एमक्यू–९ रिपर ड्रोन तैनाथ गरेर क्यारेबियनलाई प्रमुख सैन्य केन्द्र बनाएको छ। भेनेजुएलाका अधिकारीहरूले यसलाई देशको सार्वभौमसत्तामाथिको प्रत्यक्ष चुनौती भन्दै कडा शब्दमा निन्दा गरेका छन्। ट्रम्पले केही हप्ता अघि भेनेजुएलामा कारबाही गर्न सिआइएलाई अनुमति दिएको बताएका थिए। अमेरिकी प्रशासनले मादुरो र उनका सहयोगीहरूलाई लागूपदार्थ तस्करीमा संलग्न ठहर गर्दै ५ करोड अमेरिकी डलरको पुरस्कारसमेत तोकेको छ। विश्लेषकहरूका अनुसार अमेरिकाको यो कदमले मादुरो शासनलाई अस्थिर पार्ने प्रयास हुनसक्छ। सन् १९८९ मा पानामामा मानुएल नोरिएगालाई सत्ताच्युत गर्ने र सन् १९६१ मा क्युबामा फिडेल क्यास्ट्रोविरुद्ध बे अफ पिग्स आक्रमण गर्ने अमेरिकी रणनीतिसँग वर्तमान परिस्थिति मिल्दोजुल्दो देखिन्छ।

भेनेजुएलाले अमेरिकी कदमलाई “सार्वभौमिक स्वाधीनतामाथिको चुनौती र युद्ध उक्साउने गतिविधि” को रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ९ : ४३ बजे

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा