काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्न लागेको ‘१० के एनवाईएफएन रन’ शुक्रबार हुने भएको छ। यो कार्यक्रम युवाहरूलाई खेलकुद, स्वास्थ्य, अनुशासन, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो। रन जेठ १ गते बिहान त्रिपरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ। धावकहरूले तिनकुने क्षेत्रसम्म फन्को मारेर…