२०८३, १९ आश्विन मंगलबार

जेनजी आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको थियो : महेश बस्नेत

जेनजी आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको थियो : महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले गत भदौ २३ गते भएको आन्दोलनमा बाह्य तथा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको आरोप लगाएका छन् ।

भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए । तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए । 

‘भदौ २३ गते भएको आन्दोलनमा सबैको समर्थन थियो, हाम्रो पनि कुनै आपत्ति थिएन,’ बस्नेतले भने, ‘तर जब त्यो आन्दोलनमा साम्राज्यवादी शक्तिहरूको स्रोत–साधन परिचालन गरियो, राज्यका सेना, प्रहरीलगायत निकायहरू मूल दर्शक बने र जानेर वा नजानेर सहयोगी भए ।’

त्यसपछि आन्दोलन सामान्य विरोध प्रदर्शनमा सीमित नरही मुलुकमाथिको गम्भीर आक्रमणको स्वरूपमा परिणत भएको उनले बताए ।

उनले बाह्य शक्तिले नेपाललाई आफ्नो चङ्गुलमा फसाउने प्रयास गरेको आरोप लगाउँदै नयाँ पुस्ताका युवाहरूलाई प्रयोग गरिएको बताए । उनका अनुसार यस क्रममा मुलुकको सम्पत्ति नष्ट हुने अवस्था सिर्जना भएको थियो।

‘कुनै बम पड्काउन परेन, कुनै मिसाइल पड्काउन परेन, कुनै आक्रमणका लागि स्थान तय गर्न परेन । हाम्रा नेपाली युवालाई नै त्यो ढङ्गले प्रयोग गरियो,’ उनले भने ।

बस्नेतले आन्दोलनका क्रममा आर्थिक स्रोत परिचालनसँगै सामाजिक सञ्जालको समेत व्यापक प्रयोग गरेको बताए । उनले फेक आइडी बनाएर राष्ट्र, देश र संस्थागत मूल्य–मान्यताको पक्षमा बोल्ने तथा विकास र राष्ट्रवादको पक्षमा धारणा राख्नेहरूलाई सामाजिक रूपमा नकारात्मक देखाउने प्रयास भएको आरोप लगाए । 

प्रकाशित मिति : २०८३, २३ भाद्र बुधबार  ११ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि