काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको छ।
सहिदको वास्तविक स्वरूपसँग प्रतिमाको अनुहार नमिलेको गुनासो आएपछि निर्माण समितिले तत्काल उद्घाटन नगर्ने निर्णय गरेको हो। निर्माण समितिका अनुसार हालको प्रतिमा पुनर्निर्माण गरिनेछ। समितिले एक महिनाभित्र सहिदको अनुहारसँग मिल्ने गरी नयाँ शालिक तयार गर्ने जनाएको छ।

सहिदको सम्झना र सम्मानमा निर्माण गरिएको प्रतिमाको अनुहार नै नमिलेपछि उद्घाटन स्थगित गर्नुपरेको विषयले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। सहिदको पहिचान र स्वरूपसँग जोडिएको संवेदनशील विषयमा निर्माणपूर्व पर्याप्त ध्यान नदिइएको भन्दै विभिन्न प्रतिक्रिया आएका छन्।

समितिले नयाँ प्रतिमा निर्माण गर्दा सहिदको वास्तविक अनुहार र पहिचानलाई प्राथमिकतामा राखिने जनाएको छ।










प्रतिक्रिया