काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको दोस्रो साता बस्ने भएको छ। आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। बैठकको मिति भने पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय गरिने जनाइएको छ। सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण, सरकारको कामकारबाही तथा आगामी…