२०८३, ३१ भाद्र बिहीबार

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न


काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा विभिन्न मुलुकबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लामो समयदेखि थन्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विमानस्थलको कार्गो निरीक्षणका क्रममा विपद्का लागि ल्याइएका लत्ताकपडालगायत सामग्री सम्बन्धित स्थानमा पठाउन नसकिएको देखेको बताए। उनका अनुसार जीटुजीमार्फत प्राप्त सामग्रीसमेत कार्गोमै रोकिएका छन्। विभिन्न संस्था तथा व्यक्तिले ती सामग्री बुझेर प्रभावित क्षेत्रमा लैजान खोज्दा भन्सारसम्बन्धी प्रक्रिया देखाएर समस्या उत्पन्न हुने गरेको जानकारी आफूले पाएको उनले बताए।

न्यौपानेले विगतमा समेत विदेशबाट विपद्का बेला प्राप्त भएका सामग्री व्यवस्थापन हुन नसक्दा खेर गएको उदाहरण कर्मचारीबाट सुनेको संसद्मा बताए। उनका अनुसार कोरोना महामारीका क्रममा विदेशबाट आएका करिब २० कन्टेनर सामग्रीसमेत उपयोग हुन नसकेको जानकारी आफूले पाएका थिए। राहत सामग्री सम्बन्धित क्षेत्रमा नपठाइनुको कारण माग नआएको भन्ने गरिएकोप्रति उनले प्रश्न उठाए। प्रभावित क्षेत्रमा वास्तवमै आवश्यक सामग्री के–कति छन् भन्ने विषयमा सरकारले तत्काल जानकारी लिनुपर्ने उनको माग छ।

‘माग आएको छैन’ भनेर सामग्री विमानस्थलमै थन्क्याएर राख्न नहुने भन्दै उनले आवश्यकताका आधारमा राहत वितरणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे। उनले रसुवामा अहिले ती सामग्री आवश्यक नभए पनि अन्य विपद् प्रभावित क्षेत्रका लागि प्रयोग गर्न सकिने भएकाले उचित व्यवस्थापन गर्नुपर्ने बताए।

विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक पर्ने सामग्री विमानस्थलमा थन्किएर बस्ने र पीडितले राहत नपाउने अवस्था आउन नहुने सांसद न्यौपानेको भनाइ थियो। उनले सरकारलाई रसुवालगायत प्रभावित क्षेत्रमा राहत सामग्रीको तत्काल आवश्यकता मूल्याङ्कन गरी उपयोगमा ल्याउन तथा आवश्यक नभएका सामग्रीलाई पनि उचित रूपमा व्यवस्थापन गर्न आग्रह गरे।

प्रकाशित मिति : २०८३, ३१ भाद्र बिहीबार  २ : १९ बजे

सांसद बरालको प्रश्नःजनता भोकमरीमा पर्न थाले, सरकारलाई ध्यान छ कि छैन ?

काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको

करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा

मेलम्ची आयोजनाका प्रभावितका माग सम्बोधन गर्न सांसद दुलालको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी संकलन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भदौ महिनामा ६ हजार १२३

विमानस्थलमा थन्किए रसुवा विपद्का राहत सामग्री, सांसद न्यौपानेले उठाए प्रश्न

काठमाडौं । रसुवामा भएको विपद्का प्रभावितका लागि विदेशी दातृ निकाय तथा