राजविराज, १८ भदौ: अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको…