२०८१, २५ माघ शुक्रबार

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक


बुटवल, ९ कात्तिक: प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ आज सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउनेसम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन सञ्चार नीतिले मुख्य लक्ष्य लिएको छ ।

सञ्चार नीतिको सार्वजनिकीकरण तथा प्रदेश मामिला सूचना केन्द्रको आज मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रले सूचना केन्द्रमा अहिले विपद्, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरेको छ । मुख्यमन्त्री पोखरेलले सूचना केन्द्र नागरिकसँगको सम्बन्ध जोड्ने महत्वपूर्ण पक्ष भएकाले तल्लो तहसम्म सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विपद्को बेला सूचना पाउने कुरा महत्वपूर्ण हुने र प्राप्त सूचनाको विश्लेषण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको सञ्चार नीति सञ्चारमैत्री वातावरणका साथ अगाडि बढ्न नीति ल्याइएको हो भन्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका १०९ स्थानीय तहमा सूचना केन्द्र विस्तार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले प्रदेश सरकारले अगाडि सारेका सञ्चारसम्बन्धी नीति तथा सबै प्रकारका कानून सञ्चारमैत्री आउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा प्रदेशका सम्पूर्ण १२ वटै जिल्लाका प्रकोप व्यवस्थापन सूचना अधिकृतसँग आगामी दिनमा प्रदेश सरकार जिल्ला र स्थानीय तहसँग सूचना समन्वयका विषयमा र सूचना केन्द्र प्रभावकारी सञ्चालनका विषयमा समेत छलफल गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ३९ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव