२०८३, १३ भाद्र आईतबार

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक

प्रदेश नं ५ को सञ्चार नीति सार्वजनिक


बुटवल, ९ कात्तिक: प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ आज सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउनेसम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम तथा सञ्चारकर्मीको स्वतन्त्रताको संरक्षण गर्ने व्यवस्था मिलाउन सञ्चार नीतिले मुख्य लक्ष्य लिएको छ ।

सञ्चार नीतिको सार्वजनिकीकरण तथा प्रदेश मामिला सूचना केन्द्रको आज मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा सञ्चालनमा ल्याइएको सूचना केन्द्रले सूचना केन्द्रमा अहिले विपद्, शान्ति सुरक्षा, आकस्मिक घटना र जनताका सुझाव तथा गुनासो गरी चार वटा विषयसँग सम्बन्धित डेस्क स्थापना गरेको छ । मुख्यमन्त्री पोखरेलले सूचना केन्द्र नागरिकसँगको सम्बन्ध जोड्ने महत्वपूर्ण पक्ष भएकाले तल्लो तहसम्म सूचना केन्द्र स्थापना गर्न आवश्यक भएको बताउनुभयो । उहाँले विपद्को बेला सूचना पाउने कुरा महत्वपूर्ण हुने र प्राप्त सूचनाको विश्लेषण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले ल्याएको सञ्चार नीति सञ्चारमैत्री वातावरणका साथ अगाडि बढ्न नीति ल्याइएको हो भन्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका १०९ स्थानीय तहमा सूचना केन्द्र विस्तार गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले प्रदेश सरकारले अगाडि सारेका सञ्चारसम्बन्धी नीति तथा सबै प्रकारका कानून सञ्चारमैत्री आउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा प्रदेशका सम्पूर्ण १२ वटै जिल्लाका प्रकोप व्यवस्थापन सूचना अधिकृतसँग आगामी दिनमा प्रदेश सरकार जिल्ला र स्थानीय तहसँग सूचना समन्वयका विषयमा र सूचना केन्द्र प्रभावकारी सञ्चालनका विषयमा समेत छलफल गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ८ : ३९ बजे

विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?

विपत्तिको समयमा अहिले देशको ध्यान स्वाभाविक रूपमा उद्धार, खोज, राहत

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित

गाईजात्रा प्रताप मल्लभन्दा अघिदेखिकै परम्परा हो : डा. गोविन्द टन्डन

काठमाडौं । संस्कृतिविद् डा. गोविन्द टन्डनले गाईजात्रा प्रताप मल्लको पालामा

रसुवा बाढीको कारणबारे डा.धनञ्जय रेग्मी सार्वजनिक गरे नयाँ तथ्य

काठमाडौं । बुधबार रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी हिमताल विस्फोटका