२०८३, १८ कार्तिक बुधबार

देश विकासका लागि सामाजिक भावना आवश्यक : सभापति देउवा

देश विकासका लागि सामाजिक भावना आवश्यक : सभापति देउवा


चितवन, ८ कार्तिक: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासका लागि किशोर किशोरीमा सामाजिक भावना हुनु जरुरी रहेको बताउनुभएको छ । क्लिनिक नेपाल मेघौलीको आयोजना तथा बेलायत स्काउटको सहयोगमा आजबाट मेघौलीमा शुरु भएको स्काउट जङ्गल क्याम्प २०१८ को उद्घाटन गर्दै उहाँले स्काउटमार्फत जागृत गरिएको सामाजिक भावनाले समग्र देश विकासमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका देउवाले स्काउटको विश्व सञ्जालले किशोर किशोरीहरुमा सामाजिक सेवाको भावनाका साथै नयाँ खोज र अन्वेषणमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो “स्काउटमार्फत हुने अन्तर क्षेत्रीय र अन्तरदेशिय कार्यक्रमले उनीहरुमा ज्ञान र सीपको आदानप्रदान हुँदै थप विश्वास बढाएको छ ।”

सभापति देउवाले विकासका नयाँ नयाँ अवधारणको आगमनसँगै वातावरणलाई कसरी दिगो रुपमा बचाइ राख्ने भन्ने चुनौति थपिदै गएको उल्लेख गर्दै वातावरण प्रदूषणले स्वस्थ खानपीनमा परेको असर र त्यसले जनस्वास्थ्यमा पारिएको नाकारात्मक प्रभाव अहिलेको युगको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो ।
“तपाईहरुले स्काउटमार्फत यी विषयहरुमा फैलाउनु भएको जनचेतना प्रसंशनीय छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई फरक तरिकाले सोच्न तथा फरक खालको ज्ञान र सीपको विकास गर्न स्काउट अभियानले सहयोग गरेको आफूले महशुस गरेको छु ।”

सभापति देउवाले स्काउटभित्र न कुनै जात र धर्म हुन्छ, न कुनै राजनैतिक विचार, वाद र क्षेत्रीयता हुन्छ भन्दै समग्रमा यसले मानवताको भावना बोकेको हुन्छ भन्नुभयो । सन् १९०८ को जनवरी २४ मा रोवर्ट बेडेन पावेल्सले बालबालिकाको अतिरिक्त क्रियाकलापसँगै सामाजिक सेवाको भाव सृजना गर्न बेलायतबाट स्काउट अभियान शुरु भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यसमा तीन करोड सदस्य गोलवद्ध हुनु खुसीको कुरा भएको बताउनुभयो ।

तीन दिनसम्म चल्ने जङ्गल क्याम्पको उद्घाटन सत्रमा नेपाल स्काउटका केन्द्रिय संयोजक चन्दन कौसिक, बेलायत स्काउटको क्यावोट डिस्ट्रिकको प्रिन्टर लिडर रोवर्ट ल्युरेन्स, बेलायती स्काउट लेसि प्रोसर, नेपाली स्काउट लक्ष्मी ढकाल, क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारी, उपाध्यक्ष रामबहादुर भण्डारी लगायतले स्काउटको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा नेपाल स्काउटका दुई सय ३२ जना विद्यार्थी, स्काउट शिक्षक १२ जना, बेलायत स्काउटका ३३ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका छन् । उनीहरुले तीन दिनसम्म मनोरञ्जनात्मक खेल, व्यावहारिक ज्ञान, प्राथामिक उपचारको तालिम लगायतका गतिविधि गर्ने छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ७ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र ईयूका नवनियुक्त राजदूत ह्वाइटलीबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि युरोपेली संघ

चाबहिलसहित काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

वीरगञ्ज । छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ

एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा