२०८२, ३१ जेष्ठ शनिबार

‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो हुन्छ ’: गृहमन्त्री थापा

‘अनुसन्धान विभाग बलियो बने मुलुक बलियो हुन्छ ’: गृहमन्त्री थापा


काठमाडौँ, ९ कात्तिक: गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्न सके मात्रै मुलुक बलियो हुने बताउनुभएको छ । विभागमा आज आयोजित १८ औँ अनुसन्धान अधिकृत आधारभूत तालीम एवं दीक्षान्त कार्यक्रममा उहाँले जासूसी संयन्त्र बलियो रहेका मुलुकले आर्थिक र सामाजिक विकास गरिरहेको बताउनुभयो । उहाँले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै सबै निकायबीचको समन्वयमा मात्रै अपराध नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो ।

विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्याङ्क सङ्कलन गर्न आवश्यक रहेकामा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाका आधारमा योजना बनाउँदा असफल हुने टिप्पणी गर्नुभयो । विभिन्न नाममा देशमा अस्थिरता निम्त्याउन खोज्ने तत्वमाथि निगरानी बढाउन उहाँले विभाग मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भए पनि सोअनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । सो विभागका प्रमुख दिपीप रेग्मीले राज्यको आवश्यकता र सोचअनुसार आफूहरु काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो । तीन महीनासम्म चलेको सो तालीममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराईसहित २२ प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ९ कार्तिक शुक्रबार  ६ : ४९ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।