२०८२, १५ पुस मंगलबार

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर तथा नेपाली राजनीतिका अग्रणी नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रमका साथ मनाइएको छ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको सक्रिय सहभागितामा आज बिहान काठमाडौंको शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू,…