भक्तपुर, २३ भदौ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्ती भव्य रुपमा मनाउने भएको छ । आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दूर्लभ थापाले प्रेस विज्ञप्ती जारी गर्दै बुधबार ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने र त्यसको तयारी…