काठमाडौँ, २५ कात्तिक: राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार दलको साङ्गठनिक गतिविधिप्रति असन्तुष्ट भई उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले गरेको भेलाले दलभित्र निरङ्कुशता बढ्दै गएको निष्कर्षसहितअध्यक्ष थापाको राजीनामा मागेको हो । पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको…