२०८३, २ आश्विन शनिबार

‘मिडियाले पनि समावेशी चरित्र अपनाउनुपर्छ’ :मन्त्री भण्डारी

‘मिडियाले पनि समावेशी चरित्र अपनाउनुपर्छ’ :मन्त्री भण्डारी


सुर्खेत, २५ माघ: कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राज्यले अवलम्बन गरेको समावेशी चरित्रलाई अर्थपूर्ण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समितिको आयोजनामा ‘समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारणसम्बन्धी तालीम’को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उहाँले समावेशिता सङ्घीय व्यवस्थाको अभिन्न अङ्ग बन्न पुगेको बताउनुभयो ।

मन्त्री भण्डारीले सङ्घीयताप्रति नागरिकको विश्वास बढाउन सञ्चारमाध्यम पनि समावेशी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समावेशीसहितका परिर्वतनका आयामलाई जोगाउन मिडियाको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले राज्यले अवलम्बन गरेका चरित्र मिडियाले पनि अवलम्बन गर्नैपर्छ ।” नेपाललाई सधैं असफल प्रयोगशाला बनाउने छुट कसैलाई नभएकाले प्राप्त उपलब्धिलाई सबै लागेर संस्थागत गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन स्थापनाका लागि बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सञ्चारमाध्यमले जनप्रतिनिधिबाट हुने एकाध कमजोरीलाई अनावश्यक महत्व दिएर सिङ्गो व्यवस्थाविरुद्ध जनमत बढाउने काम गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सन्तोषकुमार खत्रीले राज्यले अंगालेको समावेशी सिद्धान्तलाई सबै सञ्चारमाध्यमले पनि अवलम्बन गर्न जरुरी रहेको धारणा राख्नुभयो । रेडियो नेपालका तालीम शाखा प्रमुख जनार्दन विष्टले सबै भाषाभाषी र जातजातिलाई राष्ट्रिय मूल प्रवाहमा जोड्ने समावेशी प्रसार सामग्रीको उत्पादन तथा प्रसारणलाई जोड दिएको बताउनुभयो ।

उद्घाटन सत्रमा रेडियो नेपालका समाचार शाखा प्रमुख पवन प्याकुरेल, प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साह, प्रदेश प्रमुखका पे्रस सल्लाहकार श्रीधर पौड्याल, नेपाल पत्रकार महासङ्घका कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापा, मन्तव्य व्यक्त गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन हुने उक्त तालीममा कर्णाली र सुदूरपश्चिम प्रदेशका र रेडियो नेपालका २५ पत्रकार सहभागी छन् । रेडियो नेपालका समाचार शाखा प्रमुख पवन प्याकुरेल, रिपोर्टिङ शाखा प्रमुख प्रमोद दाहाल, तालीम शाखा प्रमुख जनार्दन विष्ट र अमरध्वज लामा तालीम प्रशिक्षकका रुपमा रहनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ७ : ४४ बजे

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता