२०८३, २ आश्विन शनिबार

‘पराजित शक्ति असफल बनाउने खेलमा लागे’ :गृहमन्त्री थापा

‘पराजित शक्ति असफल बनाउने खेलमा लागे’ :गृहमन्त्री थापा


सर्लाही, २२ माघ : गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकार असफल बनाउन निर्वाचनमा पराजित तथा विदेशी शक्ति सक्रिय भएको बताउनुभएको छ । दोस्रो मुक्तेश्वर महोत्सवको उद्घाटन गर्न सर्लाहीको बरहथवा नगरपालिकाको मूर्तियामा आज आयोजित सभामा उहाँले पराजित शक्तिका साथै देश टुक्र्याउने शक्ति सक्रिय रहेको बताउनुभयो ।

“सरकार देशमा सुशासन लागू गर्न लागिपरेको छ तर पराजित शक्ति सरकार गिराउने खेलमा लागेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकार विरोधी शक्तिबाट सजग रहनुपर्ने भन्नुभयो । “विदेशी शक्ति सरकारलाई कमजोर बनाउन लागेको छ”, उहाँले भन्नुभयो, “हामी नयाँ युवमा प्रवेश गरेका छौँ, एकतन्त्रीय शासनलाई अन्त्य गरेर सङ्घीय लोकतन्त्रमा प्रवेश गरेका छौँ । सरकारको काम भन्नेको जनताको सेवा हो ।”

मुक्तेश्वर क्षेत्र पर्यटकीय क्षेत्र घोषणा भएमा यस क्षेत्रको विकास हुने, यहाँको आर्थिक विकास र समृद्धि हुने बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, “विकासबिना शान्ति पनि सम्भव छैन, त्यस कारण यस क्षेत्रको विकासमा सरकार गम्भीर छ ।” महोत्सव आज माघ २२ गतेदेखि शुरु भएको दोस्रो मुक्तेश्वर महोत्सव माघ २८ गतेसम्म चल्ने बरहथावा नपा–९ का वडाध्यक्ष एवम् महोत्सव आयोजक मूल समारोह समितिका अध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो । ऐतिहासिक मुक्तेश्वर मन्दिरको प्रचारप्रसार गर्नाका साथै यस क्षेत्रका बासिन्दाको झाँकीको प्रदर्शन, सांस्कृतिक कार्यक्रमसमेत राखिएको उहाँले बताउनुभयो । आज पहिलो दिन विभिन्न जातजातिले आफ्नो पहिचानसहितको झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ७ : ०२ बजे

संविधानलाई कानुन होइन, संस्कारको रुपमा अभ्यास गर्नुपर्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान

संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन,

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

काठमाडौं । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

गगनको ओली-प्रचण्डलाई जवाफ : ‘रास्वपालाई अलग गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका नाममा राजनीतिक

संविधानको सफलता नागरिकले अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता