बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि साेमबार म्याग्दी अाउनुभयाे । यहाँस्थित तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल पत्नी र छाेरीसहित यहाँ आउनुभएको हो । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीतालाई उपचार गराउन ल्याइएको छ । सिंगापुर, थाइल्यान्ड, भारतलगायत विदेशमा लगी पटकपटक उपचार…