काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा परेकाले आगामी निर्वाचनमा कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले लोकतन्त्र पुनःस्थापनाका लागि कांग्रेस–एमालेको संयुक्त मोर्चा आवश्यक रहेको बताए। उनले संसद पुनःस्थापना वा निर्वाचनमध्ये कुनै एक बाटोबाट अघि बढ्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्ने तर्क गरे। फागुन…