२०८३, २० आश्विन बुधबार

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !

कुलमानलक्षित हर्कको कटाक्ष : आफ्नो विचारमा टिक्न नसक्नेलाई भोट होइन बहिष्कार !


काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सामेल भएका कुलमान घिसिङलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा सक्रिय साम्पाङले पछिल्लो स्ट्याटसमा कुलमानप्रति कटाक्ष गर्दै लेखेका छन्, “उज्यालो नेपाल पोइला गयो रे हो ? यस्ताहरूले देशको नेतृत्व गर्ने रे ? एक महिनासम्म नि आफ्नो विचारमा टिक्न नसक्नेहरूलाई भोट होइन बहिष्कार गर्नु पर्छ है नेपाली हो !”

साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र ऊर्जा क्षेत्रमा चर्चित कुलमान घिसिङविरुद्ध पनि बेला–बेला कडा अभिव्यक्ति दिँदै आएका छन्। रवि, बालेन र कुलमानबीच एकताको चर्चा सुरु भएदेखि नै उनले त्यसको विरोध गर्दै सामाजिक सञ्जालमा लगातार आलोचनात्मक स्ट्याटस र भिडिओ पोस्ट गर्दै आएका छन्।

सोमबार मात्रै कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको थियो। त्यसलगत्तै हर्क साम्पाङको उक्त टिप्पणी सार्वजनिक भएको हो।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : ५५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको