काठमाडौँ, १० कात्तिक: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान र सङ्घीयता कार्यान्वयनमा सरकार असफल भएको आरोप लगाउनुुभएको छ । नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई आज भक्तपुरमा सम्बोधन गर्दै उपसभापति निधिले संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ भन्नुभयो । उहाँले…