२०८३, २३ आश्विन शनिबार

प्रधानमन्त्रीओली र प्रचण्डद्वारा राष्ट्रपतिसंग छुटाछुटै भेटवार्ता

प्रधानमन्त्रीओली र प्रचण्डद्वारा राष्ट्रपतिसंग छुटाछुटै भेटवार्ता


काठमाडौं १८ मंसिर  : प्रधानमन्त्री केपी शर्माओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसंग छुटाछुटै भेट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र चर्किएको विवादबारे छलफल गर्न लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको हो । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै भेट गरिन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो । नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउने संवैधानिक व्यवस्थाअनुसार नै ओली शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो । महिला हिंसासम्बन्धी कानून संशोधनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिले राखेको चासोबारे प्रधानमन्त्रीसँग छलफल भएको स्रोतले बतायो ।

प्रधानमन्त्री ओली शीतलनिवासबाट फर्केपछि अपरान्ह प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका थिए । ओली फर्किएलगत्तै प्रचण्ड शीतलनिवास पुग्नुलाई चासोका साथ हेरिएको छ । प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ९ : २१ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य