२०८२, २० असार शुक्रबार

कांग्रेस नेता पौडेलको गिरफ्तारीविरुद्ध विद्यर्थी तरुणको प्रदर्शन

कांग्रेस नेता पौडेलको गिरफ्तारीविरुद्ध विद्यर्थी तरुणको प्रदर्शन


काठमाडौं, १८ मंसिर :  गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारको विरोध गर्दै गोरखामा प्रदर्शन भएको छ ।

नेपाली विद्यार्थी संघ र नेपाल तरुण दल गोरखाले सदरमुकामको बसपार्कदेखि हरमटारीसम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् । ‘नेकपाको कारिन्दा बनेर प्रशासनले उहाँलाई गिरफ्तार गर्‍यो,’ नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले भने, ‘आफ्नै पहलमा बन्दै गरेको पुल उद्घाटन गर्न नपाउने यो कस्तो कानुन हो रु म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’ आफ्नै पहलमा बनेको पुल आफैँले उद्घाटन गर्न नपाउनु दुःखद भएको उनले बताए ।

प्रधानमन्त्रीलाई पहिला आफ्ना घर राम्रोसँग समाल्नसमेत उनले आग्रह गरे । ‘पहिला आफ्नो घर समाल्नु, प्रचण्डले तिमीलाई लगाएको आरोप सबै जनताले आज बुभेका छन्, तिम्रो राष्ट्रवादीको छाती च्यातिएको छ,’ उनले भने । दुईतिहाइ सरकारको दम्भका कारण प्रशासनले नेता पौडेललाई गिरफ्तार गरेको नेपाल तरुण दलका अध्यक्ष आनन्द गुरुङले बताए ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  २ : ०२ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई