२०८३, १ आश्विन शुक्रबार

पौडयाललाई सांसद श्रेष्ठको आग्रह : रिवन काट्न रहर नै भए विमानस्थल पनि उद्घाटन सकेर फर्किनुहोला

पौडयाललाई सांसद श्रेष्ठको आग्रह : रिवन काट्न रहर नै भए विमानस्थल पनि उद्घाटन सकेर फर्किनुहोला


काठमाडौं १८ मंसिर : प्रतिनीधि सभाका सांसद एवं नेकपाका नेता किसान श्रेष्ठले काग्रेंसका नेता रामचन्द्र पौड्याललाई उद्घाटनको भोक नै लागेको हो भने विमानस्थल र रंगशालाको पनि उद्घाटन गरेर काठमाडौं फर्किन आग्रह गनुभएको छ । ‘उद्घाटनको भोक नै हो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी एयरपोर्ट पनि सकिन लाग्यो, अब त्यो पनि उद्घाटन गरेर फर्किनुस् । कसैसँग समन्वय र विधि नचाहिने रहेछ, यो सरकारले थुप्रै विकास निर्माणको काम गरेको छ, पौडेलजी तपाईंले उद्घाटन गर्दै हिँड्नुहोला ।’ श्रेष्ठले बताउनुभयो ।

उहाँले जनतासँग पराजित व्यक्तिले विधि र पद्धतिमिचेर उल्टै लोकतन्त्रको चर्को कुरा गरिरहेको बताउनुभयो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले जनताबाट अस्वीकृत पौडेलले पद्धति मिच्नखोज्दा जनताले प्रतिवाद गरेको बताउनुभयो ।

भौतिक मन्त्रालयले बनाएको पुललाई सम्बन्धित मन्त्रालयले तथा सडक विभागलाई जानकारी नै नगराई उद्घाटन गरिएको श्रेष्ठले बताउनभुयो । ‘मन्त्रालयले बनाएको पुललाई आफुखुसी उद्घाटन गर्न पाईंदैन ।’ श्रेष्ठले भन्नुभयो । ‘संघीय सरकारले बनाएको पुल संघीय सरकारको अनुमति विना उद्घाटन गर्न पाइँदैन।’ उहाँले बताउनुभयो । पौडेलले विधि तोडेको श्रेष्ठको भनाई छ ।

पौडेलले जनमतको कदर समेत नगरेको उहाँको आरोप छ । ‘जनताको मन जित्न नसके पछि चुनाव हार्नुभएको हो। जनताले विरोध गर्नु स्वभाविक हो,’ उहाँले भन्नुभयो । गत निर्वाचनमा श्रेष्ठले कांग्रेस नेता पौडेललाई ६ हजार ४१४ मतान्तरले पराजित गर्नुभएको थियो ।

यसैबीच, पौडेलले व्यास नगरपालिकाका १,१० र ११ जोड्ने पुल शक्ती प्रदर्शनका बीच उद्घाटन गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ५ : २९ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी