भद्रपुर, २४ फागुन : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अब काम गरेर देखाउने बेला आएकाले बाटो छेक्न आउने असफल हुने बताउनुभएको छ । झापाको विर्तामोडमा आज अपराह्न नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले काम गर्न नपाओस् भनेर बाटो छेक्ने असफल हुने बताउनुभयो । “कम्युनिष्ट पार्टीको दुई तिहाइ सरकारले राम्रो…