२०८३, १४ असार सोमबार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैशी


काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन हुनुभएको छ।

निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैशी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो । उपाध्यक्ष पदमा हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो । अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी सर्वसम्मत हुनुभएको हो।

यस्तै, महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि विष्ट सर्वसम्मत हुनुभएको हो । यसअघि एमालेले लुम्बिनी, बाग्मती, कर्णाली, कोशी र गण्डकी प्रदेशमा पनि सहमतिको प्रयास गरे पनि सफल हुनसकेको थिएन । यी प्रदेशमा मतदानबाट नेतृत्वको टुङ्गो लागेको थियो।

काठमाण्डौ उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी भने सर्वसम्मत चयन भएका थिए।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १२ : ५९ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण