२०८३, १० भाद्र बिहीबार

कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी,नेपाललाई छैन जानकारी

कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी,नेपाललाई छैन जानकारी


काठमाडौं । नेपाललाई कुनै जानकारी नगराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आउनु भएको छ । मोदी हेलिकोप्टर चढेर आज बिहान नेपाली भूमि कालापानी क्षेत्रमा आउनु भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रको भ्रमणको क्रममा आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । उहाँले भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

मोदीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि हो । भारतले नेपाल–भारत सिमानामा पर्ने सो क्षेत्र लामो समयदेखि हडपेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तथ्य र प्रमाण हुँदाहुँदै पनि भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूभागमा आउँदा भारतीय पक्षले नेपाललाई कुनै जानकारी दिएको छैन । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो यो भ्रमणको आधात्मिक महत्व भएको पनि बताउनु भएको छ ।

मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्रको भ्रमणमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १ : ०३ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री