२०८३, १४ कार्तिक शनिबार

एमालेको सुदूरपश्चिम अध्यक्षमा जैशी सर्वसम्मत,भीम रावल समूहले पायो दुई उपसचिव

एमालेको सुदूरपश्चिम अध्यक्षमा जैशी सर्वसम्मत,भीम रावल समूहले पायो दुई उपसचिव


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अछामका कृष्णप्रसाद जैशी अध्यक्षमा सर्वसम्मत भएका छन् । पूर्व उपाध्यक्ष भीम रावल पक्षलाई दुई उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको एमाले नेता भरत खड्काले जानकारी दिएका छन् ।

रावलकै जिल्लावासी जैशी अध्यक्ष चयन भएका छन् । त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् । अध्यक्ष केपी ओली निकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १२ : ५६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा