२०८३, १ आश्विन शुक्रबार

एमाले मधेश प्रदेशको अधिवेशन सुरु

एमाले मधेश प्रदेशको अधिवेशन सुरु


काठमाडौं । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा सुरु भएको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

अधिवेशनका उद्घाटनका लागि एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता बिहान जनकपुरधामा आइपुगेका हुन् ।

अधिवेशनबाट २३५ सदस्य प्रदेश कमिटी चयन हुने एमालेले जनाएको छ । जसको लागि मधेश प्रदेशको आठवटै जिल्लाबाट खुल्ला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।

सकेसम्म सहमति प्रक्रियाबाटै समिति चयन गर्ने प्रयासमा रहेको मधेश प्रदेश इन्चार्ज समेत रहेका एमालेका सचिव योगेश भट्टराईले बताए । सहमतीय प्रक्रियाबाट नभए लोकतान्त्रिक प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

अधिवेशन सम्पन्न गराउन १०५ जना स्वयंसेवक परिचालन गरिएको छ । नेता कार्यकर्ता व्यवस्थापनका लागि प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।

एमालेको मधेश प्रदेश अध्यक्षका लागि धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव, सिहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, संविधान सभा सदस्य पर्साका विचारी यादव, धनुषाका पूर्व जिल्ला सचिव लक्ष्मीनारायण यादव लगायत आकंक्षी देखिएका छन् ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  ४ : ५२ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण