जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको अन्तरिम आदेशपछि मधेश प्रदेश राजनीतिक अन्योलमा परेको छ। अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म मुख्यमन्त्री सरोजकुमार यादवलाई नीतिगत तथा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न निर्देशन दिएको हो। सर्वोच्चको आदेशले मुख्यमन्त्री यादव तत्काल पदमा रहने स्पष्ट भएपछि उनी निकट सांसद, एमाले नेता तथा कार्यकर्तामध्ये खुशी…