२०८३, ११ कार्तिक बुधबार

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले नागरिक सरकारको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठाएको बताउनुभएको छ।

सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकार आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर काम गरिरहेको र केही गैरदलीय भनिएका मन्त्रीहरूले चुनावी तयारी तथा दलीय गतिविधिमा संलग्न भएको कारण आपत्ति जनाउनुभएको छ। उहाँका अनुसार, ‘निर्वाचनको संवेदनशील समयमा मन्त्रीहरूको गतिविधि र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता प्रभावित हुन सक्ने चिन्ता छ।’

बस्नेतले कुलमान घिसिङको रास्वपाको उपसभापति बन्ने प्रक्रियामा र तीनवटा महत्त्वपूर्ण मन्त्रालयको बजेट व्यवस्थापनमा देखा परेका गतिविधिहरूलाई उदाहरण दिँदै सरकारको प्राथमिकता र जिम्मेवारीप्रति ध्यान दिनुपर्ने औँल्याउनुभएको छ।

सचिव बस्नेतले भन्नुभएको छ, ‘जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकार आफ्नै दाबी विपरीत दिशातर्फ जाँदैछ। गैरदलीय भनिएका मन्त्रीहरूले खुलेआम दलीय राजनीति र चुनावी तयारीमा लाग्दा सरकारको नैतिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ। निर्वाचनको संवेदनशील घडीमा मन्त्रीहरूको सत्ता–राजनीति र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता कमजोर बनाइरहेको छ।’

उहाँले कुलमान घिसिङ रास्वपाको उपसभापतिको पदमा रहँदै करिब ६० प्रतिशत बजेट व्यवस्थापन गरिरहेको र केही मन्त्रीहरूले चुनाव लड्न कुर्सीको दुरुपयोग गरिरहेको विषयलाई पनि औँल्याउनुभएको छ। बस्नेतले यसलाई ‘नागरिक कर्तव्य वा नैतिक दायित्व नभई सिधै सत्ताको दुरुपयोग’ भनेका छन्।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ४ : १२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता