२०८३, २७ कार्तिक शुक्रबार

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा विशेषज्ञ जनशक्ति उत्पादन र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय र्‍युमाटोलोजी सिम्पोजियम आयोजना गरिएको छ। बुधबार आयोजित कार्यक्रममा नेपाल, अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरू सहभागी भएका छन्। उनीहरूले बाथरोगको अवस्था, रोग पहिचानका चुनौती, उपचारका नवीनतम विधि र नेपालमा यसको सेवा विस्तारका सम्भावनाबारे छलफल गरेका…