२०८३, ३१ श्रावण सोमबार

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ। चम्किला नयाँ कार, आकर्षक एसयूभी, आधुनिक मोटरसाइकल र प्रविधिले भरिएका विद्युतीय सवारीसाधनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को माहोल नै बदलिएको छ। एकपछि अर्को नयाँ मोडल हेर्दै गरेका दर्शकको उत्साहले प्रदर्शनीस्थललाई अझ जीवन्त बनाएको छ। कसैको नजर नयाँ इलेक्ट्रिक कारमा छ, कसैको रोजाइमा आकर्षक एसयूभी…