२०८३, १८ कार्तिक बुधबार

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)


धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा विशेषज्ञ जनशक्ति उत्पादन र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय र्‍युमाटोलोजी सिम्पोजियम आयोजना गरिएको छ।

बुधबार आयोजित कार्यक्रममा नेपाल, अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरू सहभागी भएका छन्। उनीहरूले बाथरोगको अवस्था, रोग पहिचानका चुनौती, उपचारका नवीनतम विधि र नेपालमा यसको सेवा विस्तारका सम्भावनाबारे छलफल गरेका छन्।

नेपालमा बाथरोगलाई अझै पनि सामान्य हाडजोर्नीको समस्याका रूपमा बुझ्ने प्रवृत्ति रहेको चिकित्सकहरूले औँल्याएका छन्। तर, बाथरोगले जोर्नीमा मात्र नभई आँखा, छाला तथा शरीरका अन्य महत्त्वपूर्ण अंगमा समेत असर पार्न सक्ने उनीहरूको भनाइ छ। समयमै रोग पहिचान नहुँदा बिरामीले जटिलता सामना गर्नुपर्ने अवस्था रहेको विशेषज्ञहरूले बताएका छन्।

धुलिखेल अस्पतालका बाथरोग विशेषज्ञ डा. विप्लव अधिकारीले नेपालमा बाथरोगसम्बन्धी जनचेतना र विशेषज्ञ सेवाको पहुँच अझै कमजोर रहेको बताए। बिरामीसँगै स्वास्थ्यकर्मीमा समेत यस रोगबारे पर्याप्त जानकारी नहुँदा सही निदान र उपचारमा समस्या भइरहेको उनको भनाइ छ।

नेपाल र्‍युमाटोलोजी एसोसिएसनकी अध्यक्ष डा. दीपा शाहले उपचार सेवा, शैक्षिक कार्यक्रम र अनुसन्धानलाई एकीकृत रूपमा अघि बढाउन विभिन्न क्षेत्रका विशेषज्ञबीच सहकार्य आवश्यक रहेको बताइन्।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्यले अस्पताललाई र्‍युमाटोलोजी सेवाको विशिष्ट केन्द्रका रूपमा विकास गर्ने योजना सुनाए। उनका अनुसार बाथरोगको उपचारका लागि छालारोग, हाडजोर्नी, आँखा, प्याथोलोजीलगायत विभिन्न विधाका विशेषज्ञबीच समन्वय हुनुपर्छ।

अस्पतालमा आवश्यक बहुविधागत विशेषज्ञ जनशक्ति उपलब्ध रहेकाले उपचारसँगै अध्ययन, अनुसन्धान र दक्ष जनशक्ति विकासलाई समेत प्राथमिकतामा राखेर अघि बढ्न सकिने उनले बताए। सिम्पोजियमले नेपालका विभिन्न अस्पताल तथा अन्तर्राष्ट्रिय संस्थाबीच सहकार्यको आधार तयार गर्ने र बाथरोग उपचारलाई काठमाडौं उपत्यकाबाहिरसमेत विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यस पहलमार्फत धुलिखेल अस्पताललाई बाथरोग उपचारको केन्द्र मात्र नभई विशेषज्ञ उत्पादन, अनुसन्धान र ज्ञान आदानप्रदानको महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  ३ : ३० बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा

नेपाल प्रहरीको कमान्ड अब मनोज केसीको हातमा

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी डा.