ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित साँघु गाउँबाट सूर्यास्तसँगै देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खलाको दृश्यले जोकोहीलाई मोहित बनाउँछ। अस्ताउँदो सूर्यको सुनौलो किरणले हिमाललाई थप आकर्षक बनाउँदा यहाँको प्राकृतिक सौन्दर्य झनै मनमोहक देखिएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा अवस्थित कुम्भकर्ण हिमाल समुद्री सतहबाट ७ हजार ७१० मिटरको उचाइमा रहेको छ। प्राकृतिक सौन्दर्य र साहसिक पर्वतारोहणका दृष्टिले महत्त्वपूर्ण मानिने यस हिमालको पहिलो आरोहण सन् १९६२ मा फ्रान्सेली आरोहण टोलीले गरेको थियो।

हिमाली सौन्दर्य, सूर्यास्तको अनुपम दृश्य र प्राकृतिक सम्पदाले कुम्भकर्ण क्षेत्रलाई नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाएको छ।











प्रतिक्रिया