धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले…