२०८३, १० कार्तिक मंगलबार

शिक्षा अधिकृतमाथि वडा सदस्यको दुव्र्यवहार, सार्वजनिक सडकमै मोबिल खन्याएपछि भिडियो भाइरल

शिक्षा अधिकृतमाथि वडा सदस्यको दुव्र्यवहार, सार्वजनिक सडकमै मोबिल खन्याएपछि भिडियो भाइरल


काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा सदस्यले सार्वजनिक रूपमा मोबिल खन्याएर दुर्व्यवहार गरेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ।

घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समिति (एसएमसी) निर्वाचन प्रक्रिया नियमविपरीत भएको आरोप लगाउँदै बोहोरामाथि मोबिल खन्याएका हुन्।

भाइरल भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई बाटोमै रोकेर हेलमेटमाथिबाट मोबिल खन्याइएको देखिन्छ। उक्त भिडियो बुढाथोकी आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

घटनापछि शिक्षा क्षेत्रका कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका कर्मचारीमाथिको यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्। सामान्य प्रशासनिक असहमतिलाई हिंसात्मक र अपमानजनक शैलीमा प्रस्तुत गर्नु कानुनी शासनमाथिको चुनौती भएको टिप्पणीसमेत हुन थालेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। तर समाचार तयार पार्दासम्म आरोपित वडा सदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छैनन्।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : २९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना