२०८३, १८ आश्विन सोमबार

शिक्षा अधिकृतमाथि वडा सदस्यको दुव्र्यवहार, सार्वजनिक सडकमै मोबिल खन्याएपछि भिडियो भाइरल

शिक्षा अधिकृतमाथि वडा सदस्यको दुव्र्यवहार, सार्वजनिक सडकमै मोबिल खन्याएपछि भिडियो भाइरल


काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा सदस्यले सार्वजनिक रूपमा मोबिल खन्याएर दुर्व्यवहार गरेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ।

घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समिति (एसएमसी) निर्वाचन प्रक्रिया नियमविपरीत भएको आरोप लगाउँदै बोहोरामाथि मोबिल खन्याएका हुन्।

भाइरल भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई बाटोमै रोकेर हेलमेटमाथिबाट मोबिल खन्याइएको देखिन्छ। उक्त भिडियो बुढाथोकी आफैंले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

घटनापछि शिक्षा क्षेत्रका कर्मचारीहरूले सार्वजनिक सेवामा खटिएका कर्मचारीमाथिको यस्तो व्यवहार अस्वीकार्य भएको बताएका छन्। सामान्य प्रशासनिक असहमतिलाई हिंसात्मक र अपमानजनक शैलीमा प्रस्तुत गर्नु कानुनी शासनमाथिको चुनौती भएको टिप्पणीसमेत हुन थालेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। तर समाचार तयार पार्दासम्म आरोपित वडा सदस्य लेखनाथ बुढाथोकी पक्राउ परेका छैनन्।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  १ : २९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय