२०८३, २७ भाद्र आईतबार

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला

कर्णालीमा खसेको गाडीका चालक ९ दिनपछि मृत फेला


काठमाडौं । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक तुलाराम सुवेदी ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार असार २७ गते अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान दुर्घटनामा बेपत्ता भएका चालक सुवेदीको रूपमा भएको हो। उनी सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँका बासिन्दा हुन्।

यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव फेला परिसकेको थियो।दुर्घटनामा रास्कोट नगरपालिका–२ खड्कागाउँकी सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी छ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको मालवाहक गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडामा सडकबाट कर्णाली नदीमा खसेर दुर्घटनामा परेको थियो।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ५ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।