२०८३, १८ आश्विन सोमबार

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो


काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरू पुनः विस्थापित भएका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै होल्डिङ सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा परिचालन गरिएको छ।

गएराति करिब १ बजेदेखि बाढीको पानी होल्डिङ सेन्टरभित्र पस्न थालेपछि प्रभावित परिवारहरूले हतारहतार आफ्ना सामान सुरक्षित स्थानतर्फ सारेका थिए।

विस्थापितहरूलाई दीर्घकालीन व्यवस्थापनका लागि भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको जनाइएको छ। हालका लागि उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा आश्रय दिइएको छ। बाढीको जोखिम कायम रहेकाले सुरक्षा निकायले क्षेत्रको निगरानी बढाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ३ : ४७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय