२०८३, १० कार्तिक मंगलबार

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो


काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवारहरू पुनः विस्थापित भएका छन्। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै होल्डिङ सेन्टर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा परिचालन गरिएको छ।

गएराति करिब १ बजेदेखि बाढीको पानी होल्डिङ सेन्टरभित्र पस्न थालेपछि प्रभावित परिवारहरूले हतारहतार आफ्ना सामान सुरक्षित स्थानतर्फ सारेका थिए।

विस्थापितहरूलाई दीर्घकालीन व्यवस्थापनका लागि भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको जनाइएको छ। हालका लागि उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा आश्रय दिइएको छ। बाढीको जोखिम कायम रहेकाले सुरक्षा निकायले क्षेत्रको निगरानी बढाएको छ।

प्रकाशित मिति : २०८३, २६ असार शनिबार  ३ : ४७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना